माओवादीको ८ औँ महाधिवेशन: ११ बजेदेखि बन्द सत्र


  • thebuddhaexpress

नेकपा(माओवादी केन्द्र)को महाधिवेशनअन्तरगत आजदेखि बन्द सत्र सुरु हुँदैछ। बिहान ११ बजेदेखि प्रज्ञा भवनमा बन्द सत्र सुरु हुने माओवादी स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन, विधानलगायत प्रतिवेदन पेस गर्नेछन् ।

विचारको महाविधेशनकोरूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ ।

माओवादीले प्रज्ञा भवनमै आइतबार महाधिवेशनको उद्घाटनगरेको थियो । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो।

                               

प्रतिक्रिया