मानवमैत्री सडक बनाऔं भन्दै काठमाडौंमा ‘नागरिक सरोकार यात्रा’


  • thebuddhaexpress

राजधानीको कलंकी-कोटेश्वर सडकखण्डलाई पुनर्निर्माण गरी मानवमैत्री चक्रपथ बनाउन रिङरोड नागरिक सरोकार समितिले माग गरेको छ।

सडक विस्तार गर्ने क्रममा विश्वव्यापी डिजाइन मापदण्ड अनुरूप सबैका लागि सहज र समान पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गरिनुपर्ने माग राख्दै समितिले शनिबार नागरिक सरोकार यात्रा आयोजना गरेको हो।

मोटोकार केन्द्रित सडक विकास मात्र नभई पैदलमैत्री, आपाङमैत्री, साईकल मैत्री र नागरिक मैत्री माग गर्दै शनिबार २ बजे देखि प्रदानकारीले प्रदर्शन गरिएका हो।

महाराजगञ्ज नारायणगोपाल चोकबाट सुरू भएको र्‍यालीले शंखपार्कमा पुगेर चित्रकला, कविता वाचन, ह्विलचियर नृत्य लगायत कार्यक्रम गरेको थियो।

कलंकी-कोटेश्वर खण्डमा जस्तै गम्भीर कमीकमजोरी कलंकी-चाबहिल- कोटेश्वर चक्रपथ खण्ड विस्तारको क्रममा नदोहोरिन उनीहरूले माग गरेका छन्।

                               

प्रतिक्रिया