मुलुककै जेष्ठ क्याम्पस त्रिचन्द्रमा पहिलो पटक ड्रिङकिङ वाटर प्लान्ट सञ्चालन


  • thebuddhaexpress

हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट र हेश्रा(HeSRA) को सहकार्यमा काठमाडौंको घण्टाघरस्थित मुलुकै जेष्ठ विश्वविद्यालय त्रिचन्द्र क्याम्पसमा पहिलो पटक ड्रिङकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको छ।

शुक्रबार आयोजित एक कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टले क्याम्पसमा सो प्लान्ट सञ्चालन गरेको HeSRA नेपालका‌ मेराज खानले जानकारी दिए। कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नाम मात्रको मिनिरल वाटर भइरहेको यो बेलामा स्वच्छ पानीको व्यवस्था गरिनु महत्वपूर्ण काम भएको बताए।

उनले पानीको महत्वलाई बुझेर गुणस्तर र मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पिउने पानीको व्यवस्था मिलाउनु सराहनीय भएको बताए। अध्यक्ष अन्सारीले सरकारी तहबाहेक पनि अन्य निजी संघसंस्थाहरुले आवश्यक ठाउँमा गरेका कामबाट समाजलाई विकसित गराउन मद्दत मिल्ने बताए।

अध्यक्ष अन्सारीले भने, ‘यो प्लान्टले के सावित गर्छ भने अहिलेको अवस्थामा पानीको जुन महत्व छ, जुन स्वच्छ पानीको कुरा छ, मिनिरल वाटर हामी सहजैसँग बोतल वा जारको लिन्छौँ, तर त्यो नामको मात्रै मिनिरल वाटर हुन्छ, कतिपय राम्रो पनि छ। तर कतिपय नामको मात्रै हुन्छ र आफ्नो आत्मालाई चाहिने स्वच्छ पानी खान सकिरहेका छैनौँ। सन्तुष्टि दिलाउनको लागि मात्रै खाइरहेका छौँ। त्यो भन्दा राम्रो हामीले नर्मल पानी बोइल्ड गरेर खायो भने हुन्छ। अहिले गुणस्तर मापदण्डलाई चेकजाँच गरेर क्याम्पसमा शुद्ध पानी पिउने व्यवस्था मिलाउनु काम उत्कृष्ट छ।’

कार्यक्रममा हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्टका संयोजक तथा पूर्वविद्यार्थी आरिफ अन्सारीले विद्यार्थीहरुलाई पिउने पानीको व्यवस्था नहुँदा अनेक समस्या झेल्नुपरेको आफ्नो अनुभवबाट सिकेर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको बताए।

मुलुककै जेठो विश्वविद्यालय त्रिचन्द्र कलेजमा शुद्ध पिउने पानीको ब्यबस्था रहेको थिएन। करिब १५ हजार बिधार्थीहरु कलेजमा छन्,पानीको व्यवस्था नभएकाले बिधार्थीहरु प्यासी नै बस्थे, कष्टकर हुन्थ्यो।अब, कलेजमा ड्रिकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालन भएसँगै पानी खादैँ खुसी ब्यक्त गरेका छन्।

संयोजक अन्सारीले यो प्लान्ट १० वर्षसम्म राम्रोसँग चल्ने बताए। अब विद्यार्थीहरुले घरबाटै पानी बोकेर आउनुपर्ने बाध्यता हटेको र बोतलमा भरेर विद्यार्थीहरुले पानी घर लिएर जानसक्ने गरी क्याम्पससँग सम्झौता भएको उनले बताए।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष, हेल्पिङ ह्याण्डको संयोजक, हेश्रा नेपालका कार्यकारी सदस्यहरु, त्रिचन्द्र कलेजको प्राध्यापक र कर्मचारी लगायत कलेजको विद्यार्थीहरुको उपस्थितिमा ड्रिकिङ वाटर ट्रिटमेण्ट प्लान्ट उदघाटन सम्पन्न भएको हो।

                               

प्रतिक्रिया