युवतीहरुको महिनावारीमा कर नउठाऊ,रातो कर खारेज गर सरकार’ (फोटोफिचर)


  • सुरज सिंह

महिलाहरूको महिनावारीमा रातो कर खारेज गर्न सरकार विरुद्ध युथ कँग्रेस नेपालले शुक्रवार माइतीघर मण्डलामा दोश्रो सांकेतिक बिरोध प्रदर्शन गरेका छन् ।

“महिनावारी सम्बन्धि सम्पुर्ण सामाग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउनु पर्ने र प्याड महिलाहरुको सहज पहुँचमा हुने गरी वितरण तथा व्यवस्थापन गर्नेु पर्ने” माग उनिहरुको रहेका छन्।

माइतीघर मण्डलामा दिउँसो ४ बजे, ३५–४० जनाको समूहबीच २/२ युवक र युवतीहरू राता अविरले पोस्टर माथि लम्पसार छन् । एक महिलालाई महिनावारीमा भएको पिडा बारे रगतले लत्पतिएझैं साङ्केतिक पोस्टर देखिन्छ भन्ने एक युवतीलाई मुख , हात बाधेर साङ्केतिक पोस्टर तर्फ हेर्दै छिन् । महिनावारी हुँदा बग्ने रगत र पिडालाई महिलाले मात्र हैन पुरुषले पनि भोग्छन् सांकेतिक रूपमा प्रस्तुत गरिएको छ ।

युवतिको टाउको तर्फबाट प्याडमा रगतै रगतको दृश्य देखिन्छ र पम्प्लेटमा “UNHYGIENIC PAD किनभने HYGIENIC is Expensive” लेखिएको प्रदर्शन गरेका छन् ।अर्को युवतीको खुट्टालाई बाधेर वरिपरी पैसा राखि साथै दुवै खुट्टा माथि पैसा र रगत हालेर लम्पसार गरेका छन्। महिनावारीको सामाग्रीहरु सामान्य महिलालाई किन्न सहजता छैन र यो व्यापारको रुपमा मात्र लिएको प्रस्तुत गरिएको छ।

हल न चल अवस्थामा उनीहरू करिब ४५ मिनेटसम्म यसरी नै चुपचाप लडिरहेको थियो।

प्लेकार्ड लिएर बसेका युवा युवतीहरुले भने विभिन्न नारा प्रदर्शन– ‘रातो कर खारेज गर,’ ‘सेनिटरी प्याड विलासिता होइन आवश्यकता हो,’ ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?,’ ‘सुनन, सजिलै प्याड किन्न देऊ न’, ‘ हमर बहल लाजके लाल खुन (के शोषण) से रङ्गल तोहर कमाई?’महिनावारीमा कर किन?’ लगायतका गरेका थिएँ । सडकमा बिछ्याइएको सेतो कपडामा भने रातै मसीले पोतिएका र युवायुवतीहरुको अनुहारमा रातो रगतले दलेको सङ्केत प्रदर्शन गरेका हुन् ।

असोज ७ गते शनिबार पहिलो पटक महिनावारी सम्बन्धी सामाग्रीहरुमा लगाईएको कर खारेजीको मागमा साङ्केतिक प्रदर्शनले सरकारको असंवेदनशिल प्रतिकृया आएपछि मात्र युथ कांग्रेस नेपालका सदस्यहरु र एकीकृत प्रदर्शनकारी युवायुवतीहरुले दोस्रो सांकेतिक विरोध प्रदर्शन शुक्रबार गरेका छन् | 

‘महिलाको प्रजनन स्वस्थ्यको बिषयलाई सरकारले सामान्य रुपमा लिने र भन्ने बेला आधा आकाश भन्ने तर महिनावारीलाई एउटा व्यापारको रुपमा मात्रै व्यवहार गर्नु कुनै पनि तवरले न्यायोचित छैन’ अभियन्ता तथा युथ कांग्रेस नेपालका केन्द्रीय कमिटी सदस्य विनोद देउवा ठकुरीले बताए।

महिनावारीमा आवश्यक सामाग्रीहरुमा कर लगाउनु भनेको, महिनावारीमा नै कर लगाउनु समान हो | सहज र शुलभ मुल्यमा महिनावारीमा आवश्यक सामाग्रीहरु नपाँउदा यसले महिलाहरुको प्रजनन स्वस्थ्यमा समेत गम्भिर असर पुर्याईरहेको छ | त्यसैले सरकारलाई महिनावारीमा उपभोग गर्ने कुनै पनी सामाग्रीहरुमा  लिने गरेको बिलासीताको कर खारेज गर्नुपर्छ, प्रदर्शनका संचालक विनोद देउवा ठकुरीको भनाई हो।

सरकारले यथासिघ्र प्याडको मूल्यमा कर नहटाए र माग सम्बोधन नगरेमा उनिहरुले थप शसक्ततारुपमा आगामी दिनमा देशव्यापी विरोध प्रदर्शन गर्ने सरकारलाई चेतावनी दिएका छन् ।

                               

प्रतिक्रिया