युवा रेडक्रस सर्कलले विभागीय प्रमुखलाई गरे बिदाई


  • सुरज सिंह

काठमाडौंको घण्टाघर स्थित त्रिचन्द्र कलेजमा युवा रेडक्रस सर्कल(यु. रे. स) – त्रिचन्द्रले बिदाई कार्यक्रम विहीबार सम्पन्न गरेको छ । यु. रे. स त्रि-चन्द्र परिवारले लामो सम्म सोहि क्याम्पसमा अध्यापन गर्दै आउनु भएका र विगत ४ बर्ष देखि बातावरण बिज्ञानको विभागीय प्रमुख रहेको उप. प्रा. किशोर कुमार महर्जनलाई एक शुभकामना कार्यक्रमकाबीच सम्मान सहित बिदाई गरिएको हो ।

विगत लामो समय देखि त्रिचन्द्र बहुमुखी क्याम्पसबाट शिक्षण पेसा सुरुवात गरेका उप. प्रा. महर्जनलाई विहीबार खाधा ओधाई, अबिर लगाएर मायाको चिनो प्रदान गरिएको थियो। युवा रेडक्रस सर्कल परिवारको तर्फबाट केक खुवाएर आगामी थाइल्याण्डमा पि. एच. डी. अध्ययनको लागि सम्मान सहित शुभकामना समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको सुरुवातमा युरेस त्रिचन्द्रका सह-कोषाध्यक्ष प्रतिभा दवाडीले स्वागत मन्तव्य राखे र सदस्य लेखनाथ पन्थीले छोटो र मिठो गजल सुनाएर विभागीय प्रमुख महर्जनलाई  शुभकामना व्यक्त गरेका थिए । त्यस्तै, युरेसका सदस्य मुस्कान तेयुङ्ग र प्रिन्सा निरौलाले बिदाईमा गित गाएर महर्जनलाई उज्ज्वल भविष्यको कामना गरेका थिएँ ।

अग्रज गुरुलाई नदेख्दा क्याम्पसमा खल्लो महसुस हुनु र क्याम्पस प्रति पुराएको योगदानको चर्चा समेत गरेका होस्टको रुपमा सह- सचिव दिवस भट्टराईले गरेको थियो।

त्यस्तै युरेका सदस्य नविन भट्टराईले विभागीय प्रमुखसँग विधार्थी जीवनमा अध्ययन योगदान बारे र अध्यापन कार्यकालमा सहयोग पुराउने सम्पूर्ण वितेका पल विदाईमा ज्ञापन गरेका थिएँ।’२०७४ साल देखि नै युरेस त्रिचन्द्र सँग आवद्द रहेकाले विभिन्न तालिम, कार्यक्रममा साथ, सहयोग र योगदान गरेका विभागीय प्रमुख महर्जन नै हुन्’ अध्यक्ष सपना रेग्मीले बताउनु भयो।

सह. प्रा.महर्जनले आफ्नो कार्यकालको छोटो र मिठो मन्तव्य व्यक्त गरेको थिए। युरेस त्रिचन्द्र परिवारबाट बिदाई हुन पाएकोमा खुसी व्यक्त गरेका थिए । आफ्नो शिक्षण कालमा त्रिचन्द्रबाट जनशक्ति उत्पादन गरेकाले गर्व लागेको विभागीय प्रमुख महर्जनले जनाए।

कार्यक्रममा अथिति तथा युरेस त्रिचन्द्रका पुर्व सचिव प्रतिमा पाण्डेले सह. प्रा. महर्जनले क्याम्पस प्रति पुराएको योगदानको चर्चा लगायत उनको अगामी पि. एच. डी. अध्ययनका सफल होस् कामना समेत गरेका थिइन ।

सह. प्रधानाध्यापक महर्जनको अनुभब तथा सहयोगको साथ सदैब युरेस त्रिचन्द्रलाई खाचो पर्ने अध्यक्ष सपना रेग्मीको भनाई रहेको थियो । उनले सम्मान सहित शुभकामना मन्तव्य राखी विदाई गरेकी उपाध्यक्ष अप्सरा बस्नेतले बताउनु भयो।

कार्यक्रमको अन्त्यमा युरेस त्रिचन्द्रका कार्यकारी सदस्य र स्वयंसेवकहरु मिलेर युरेस त्रिचन्द्र कार्यलयलाई सरसफाई र क्याम्पस भित्र रहेका झारहरू काटेर मल बनाएका सचिव सुरक्षा अधिकारीले बताए।

युरेस त्रिचन्द्रका अध्यक्ष सपना रेग्मीले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण स्वयंसेवक तथा क्याम्पस परिवारलाई धन्यवाद व्यक्त गरेका थिइन।

                               

प्रतिक्रिया