यु.रे.स- त्रिचन्द्रको एक दिने “रक्तदान सम्वन्धि अन्तरक्रिया कार्यक्रम” सम्पन्न!


  • सुरज सिंह

युवा रेडक्रस सर्कल (यु.रे.स.)- त्रिचन्द्रको “रक्तदान सम्वन्धि” एक दिने प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ |

युवा रेडक्रस सर्कल (यु.रे.स.)- त्रिचन्द्र द्वारा घण्टाघर स्थीत युरेस-त्रिचन्द्रको कार्यलयमा आयोजना गरिएको एक दिने रक्तदान सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको यु. रे.स- त्रिचन्द्रले जनाएको छ |

कार्यक्रममा केन्द्रिय रेड्क्रस संचार सेवाको उप-निर्देशक एंवम प्रशिक्षक डा.प्रकाश कुमार यादवले रगतको तथा रक्तसञ्चारको आवश्यकता पर्ने अवस्थाहरु, रक्तदान बारे विस्तृत जानकारी, रगतको आयू र कसरी बन्दछ, रगतको काम र शरिरमा मात्र कति? , कस्ताले रक्तदान गर्न सकिन्छन् र कस्तोले गर्न हुदैन?, रक्तदान गरेपछि के पाइन्छ लगायत जनचेतना गर्दै रक्तसञ्चार सेवाको इतिहास समेत बताउनुभयो |

युरेस त्रिचन्द्रको कार्यकारी सदस्य, उप-कार्यकारी सदस्य लगायत अन्य साधारण सदस्यको उलेख्य मात्रमा उपस्थिति रहेको थियो | युरेस परिवारले उपस्थित भएका सम्पूर्ण सदस्यहरुलाई खाजा, नोटबुक र पेनको व्यबस्था गराएको थियो ।

युरेस-त्रिचन्द्रको सल्लाहकार एवंम प्रशिक्क्षण कार्यक्रमको प्रशिक्षक कुनाल मिश्राले रक्तदानमा युवा उथानको लागि आफुहरु सदैब तत्पर रहने, ‌रेडक्रस सोसाइटीको सिद्धान्त र रक्तदान बारे जानकारी लगायत युरेस-त्रिचन्द्रको इतिहासबारे भन्नुभयो।

अन्त्यमा, युरेस-त्रिचन्द्रकी उपाध्यक्ष एवंम कार्यक्रमकी ब्यबस्थापक अप्सरा बस्नेतले‌ रक्तदान सम्वन्धि अन्तरक्रिया कार्यक्रमको प्रशिक्षक, सहभागी सदस्यलाई आफ्नो बहुमुल्य समय दिएकोमा सम्पूर्णप्रति आभारी र धन्यवाद ब्यक्त गर्नुभयो। उनले भनिन्- “यस प्रशिक्क्षण कार्यक्रम सम्पुर्णमा प्रभावकारी भएकोले आगामी कार्यक्रम पनि युवाहरुको जोस, जाँगर र साथ पाउँछौ भन्ने आशा गर्दछु”।

प्रशिक्क्षण दिनको ११:३० बजे देखि सुरु भएको कार्यक्रमको उदघोषण एवंम सर्कलका उप-कोषाध्यक्ष प्रतिभा दवाडीले गरेकी थिईन् |

                               

प्रतिक्रिया