‘राधे श्याम’को ट्रेलर सार्वजनिक


  • thebuddhaexpress

‘राधे श्याम’को ट्रेलर सार्वजनिक

अभिनेता प्रभास र पूजा हेगडे अभिनित चलचित्र ‘राधे श्याम’ को ट्रेलर सार्वजनिक भएको छ।

तीन मिनेट लामो ट्रेलरमा प्रभास र मुख्य अभिनेत्री पूजा हेग्डेबीचको प्रेम, रोमान्स र विछोडलाई स्थान दिइएको छ ।

आगामी जनवरी १४ मा रिलिज हुने चलचित्रलाई राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् । चलचित्रमा भाग्यश्री, कुनाल रोय कपूर, सचिन केलकर लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रलाई पाँच भाषामा प्रदर्शन गर्ने तयारी गरिएको छ। दक्षिण भारत चलचित्र क्षेत्रका स्टार प्रभासको यो चलचित्रलाई वर्षकै एक प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ।

चलचित्रको ट्रेलरलाई चालिस हजार व्यक्तिहरुको माझमा प्रदर्शन गरिएको थियो। यो चलचित्रलाई हिन्दीमा भूषण कुमारको टिसिरिजले प्रदर्शन गर्नेछ।

                               

प्रतिक्रिया