राष्ट्रिय परिक्षा बोर्ड:कक्षा १२ को परीक्षाको समय परिवर्तन (परिक्षा तालिका सहित)


  • thebuddhaexpress

राष्ट्रिय परिक्षा बोर्ड द्वरा संचालित कक्षा १२ को बार्षिक परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ।

जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो।

दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।

कक्षा १२ को परिक्षामा समय परिवर्तन मात्र भएको छ भने परिक्षा तालिका यथावत रहनेछ।

                               

प्रतिक्रिया