राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मा


  • thebuddhaexpress

लोक सेवा आयोगको सिफारिसमा महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ ।

शर्माको अवधारणा र कार्ययोजनाको प्रस्तुतिकरण आयोगले गत पुस १ गते आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा प्रस्तुत गरेका थिए । आयोगले अन्तर्वार्ता भने पुस दुई गते लिएके थियो ।

६४ वर्षीय शर्मा, नेपाल शिक्षा सेवाका पूर्व कर्मचारी हुन् । बागलुंग जैमिन नगरपालिका १० निवासी शर्माले २०३३ सालमा बागलुङ पागीको जनता माविमा बाट शिक्षण सेवा सुरु गरेका थिए ।

२०३६ सम्म सर्खुवाको जनता माविमा अध्यापन गरेका यिनी २०३८ देखि ४१ सम्म सोलुखुम्बुको खुम्जुङ माविमा विज्ञान विषयको अध्यापन गरका थिए ।

४१ सालमा महेन्द्र भवन माविक काठमाडौंमा अध्यापन गदागर्दै २०४२ सालमा विद्यालय निरीक्षक पदबाट निजामती सेवा सुरु गरेका हुन् । साविबको शिक्षा विभागको महानिर्देशको अनुभव हासिल गरेका उनी २०७२ सालमा नेपाल सरकारका सचिव भएक थिए ।

२०७४ सालमा नागरिक लगानी कोषका अध्यक्ष बनेका यिनले २०७७ सालमा नेपालको सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापन अभ्यास विषयमा विद्यँबारिधि उपाधी हासिल गरेका थिए ।

                               

प्रतिक्रिया