लोकसेवाका लिखित परीक्षा पनि स्थगित


  • thebuddhaexpress

लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको लोक सेवा आयोगको उपसचिव एकनारायण शर्माले जनाएको छ ।

आयोगले शुक्रबार सूचना जारी गरी आयोगका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएकाले यही माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुनेगरी निर्धारण गरिएका परीक्षा स्थगन भएको जनाएको हो ।

लिखित परीक्षा बाहेकका पूर्वनिर्धारित कार्य यथावतरुपमा सञ्चालन हुने निर्णय भएको आयोगले सूचनामा जनाएको छ ।

                               

प्रतिक्रिया