व्याचलर पढदै गरेकी ‘सुन्दरी चियावाली’ काठमाडौंमा चिया बेचेरै लाखौं कमाई !


  • thebuddhaexpress

उदयपुर जिल्लाकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्छिन् र दिउँसो कलेज पढ्छिन् । उनको कुनै चिया पसल नि छैन, थर्मसमा कालो र दुधको चिया हालेर उनी कोठाबाट बेच्न निस्किन्छिन् ।

उनले यसरी चिया बेच्न थालेको १ बर्ष भयो । उनी त्रिचन्द्र कलेमा पोलिटिकल साइन्समा व्याचलरमा अध्ययरत गरिरहेकी छिन्।सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँछिन् र १ लाख जोगाउँछिन् । उनले आफ्नो भाई पढाउन र आफु पनि पढ्न राजधानीमा मेहेनत गरिरहेकी छिन् ।

काम सानो ठुलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोकेकी सरिता धेरै युवा र युवतीहरुका लागि प्रेरणा बनेकी छिन् ।असन र त्यस वरीपरी उनलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उनको रुपमा धेरै प्रशँसा गर्दछन् ।

वृद्धवृद्धाले त उनलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको बताईन् । ४ बर्ष अगाडि काठमाडौं आएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढिन् । बिस्तारै उनको परिवारलाई उनी र उनको भाईलाई पढाउन
गर्हो हुदै गएको सरिताले देखिन् ।

कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उनी चिया बेच्न थालिन् । त्यसअघि उनले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देखेकी थिइन् । बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहेकी सरिताले भाषा कक्षा छोडिन् र चिया बेच्न थालिन् ।

उनको चियालाई धेरैले मिठो मानेर खान्छन् । दिनमै ४०० कप चिया बेच्ने उनले सुरुको दिन भने ४ सय रुपैंया कमाएकी थिईन् । चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफुलाई नराम्रो हिसाबले जिस्काउने गरेको पनि उनले सुनाईन् ।

                               

प्रतिक्रिया