शान्तिनगरमा सरस्वती पुजाको तयारी तिव्र , सांस्कृतिक कार्यक्रम नहुने


  • Buddha Express

काठमाडौंको शान्तिनगरमा सरस्वती पुजाको तयारी तीव्र गतिमा अगाडि बढीरहेको छ ।

मिथिला युवा क्लबको आयोजनामा बिगत १६ बर्ष देखी निरन्तर रूपमा मनाउँदै आइरहेको सरस्वती पुजा यस बर्ष पनि हर्षोल्लासपूर्वक मनाउने भएको छ ।

तराई मधेशका युवा विद्यार्थीहरुको अगुवाइमा हुने उक्त कार्यक्रममा बिगतको वर्षहरुमा करिब दसौं हजारको संख्यामा पुजा गर्न युवा विद्यार्थीहरु आउने गरेको कार्यक्रम आयोजक मध्येका एक पिएन साहले जानकारी गराए ।

सरस्वती पुजा भब्य र सभ्य तरिकाले सम्पन्न गर्नको निम्ति रोशन शर्माको संयोजक्त्वमा आयोजक समिति गठन गरिएको छ । उक्त समितिको सह-संयोजकमा रबि साह ,सचीव मा नितेश शाह ,सह-सचीवमा प्रशान्त पाण्डे र कोषाअध्यक्षमा सुनिल यादव रहेको छ ।

काठमाडौंमा बस्ने मधेसी समुदायको विभिन्न व्यक्तीहरु संग आर्थिक सहयोग संकलन गरि पुजा कार्यक्रम गरिए पनि स्थानीय बाशीहरुको पनि सो कार्यक्रम प्रती सद्भाव र सहयोग रह्दै आएको छ ।

तराई मधेशको साहित्य ,संस्कृति प्रबर्द्धन गर्ने धेयले बिगतका बर्षहरुमा धूमधाम संग संस्कृतिक कार्यक्रम गर्दै आइरहे पनि यसपाली काेविड-१९ को कारण हुन सक्ने सम्भावय संक्रमण लाई ध्यानमा राखी संस्कृति कार्यक्रम गर्ने योजना नरहेको आयोजक समितिका संयोजक रोशन शर्माले जानकारी गराए ।

                               

प्रतिक्रिया