“शिक्षक सेवा आयोगको विज्ञापन खारेज गर!”: प्रभु साह


  • thebuddhaexpress

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् ।

पुष ७ गते बुधवार , नेपाल सरकारको शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि निकालिएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै साहले खारेज गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जाल मार्फत लेखका छन्,-“प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ । प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट÷पद संख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य÷स्वाभाविक मान्न सकिँदैन्।”

प्रभु साहले शिक्षक सेवा आयोगको विज्ञापन संसोधन गर्न सामाजिक सञ्जाल मार्फत अभियान नै चलाएका हुन्।

निमावि तहमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले विज्ञापन खुल्ला गरेको छ । तर अन्य प्रदेशको तुलनामा प्रदेश २ मा शिक्षक मागको संख्या थोरै रहेको छ ।

                               

प्रतिक्रिया