सप्तरी जनमत आन्दोलन: प्रहरीको लाठीचार्जले महिला किसानको टाउको फुट्यो


  • thebuddhaexpress

डा. सिके राउतले आह्वान गरेको अनश्चितकालीन बन्दमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गर्दा एक किसान आन्दोलनकारी महिला रुबी शर्मा गम्भीर घाइते भएको हो। उनको टाउकोमा प्रहरिले लाठी प्रहार गर्दा टाउको फुटेको छ, रगतै रगतले टाउको भिजिएको हो।

उनलाई उपचार गराउन सप्तरीको अस्पताल लगिएको हो। किसान आन्दोलनको क्रममा प्रहरीको दमनले उक्त गम्भीर अवस्थामा पुगेको हो।

प्रदेश नम्बर २ को सप्तरी जिल्लाको भारदहस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज गर्दा महिला आन्दोलनकारीहरुले प्रहरी चौकी नै घेराउ गरेको हो ।

लाठीचार्ज गर्दापनि आन्दोलनकारी नभागेपछि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग बन्द गरी शान्तीपूर्ण ढँगले आन्दोलन गरिरहँदा पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै महिला किसानहरुले प्रहरीचौकी घेरेकी हुन्
।किसानको हकहितको लागि थालेको आन्दोलनमा सप्तरीकी महिलाहरुले पूर्ण समर्थन जनाउँदै पक्राउ गरिएका ५ जनालाई रिहाईको लागि प्रहरी कार्यालय घेरेकी हुन् । उनीहरुले पक्राउ गरिएका प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्न माग गरेकी हुन् ।

प्रदर्शन जारी अवस्थामा प्रहरीले लाडी चार्ज गरे पछि आन्दोलनमा सहभागी महिला घाइते भएका हुन्। जनमत पार्टी अन्य किसानमाथी समेत हस्तक्षेप भएको आदोलानकारीले बताए।

विहानदेखि नै भारदहमा जनमत पार्टीका कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गराएका थिए । उनीहरु सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । ठूलो संख्यामा रहेका प्रहरीले बल प्रयोग गरेर राजमार्ग सञ्चालनमा ल्याएको छ ।

जनमत पार्टीले किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने लगायतका सात बुँदै माग राखेर अनिश्चितकालका लागि पूर्वपश्चिम राजमार्ग बन्दको घोषणा गरेको छ ।

बन्द घोषणमा २०७८ पुष १५गते बिहीबार देखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्ग दिवा-कालको लागी अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुष १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा संघीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा बिरोध प्रदर्शन गर्ने भएको हो।

आन्दोलन थप सशक्त हुने अवस्थामा पुगेको छ।

                               

प्रतिक्रिया