समाजिक संजालमा अस्पताल बारे अपशब्द लेखेको भन्दै प्रहरी द्वरा अभियन्ता सौरभ साह पक्राउ


  • बुद्ध एक्सप्रेस संवाददाता

जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ । समाजिक सञ्जालमा चिकित्सक लाई अपशब्द गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाहीले समयमा डायलालिस नगराइदिएको, कम समय डायलासिस गरेको आरोप मिश्राले लगाउँदै आएका छन ।उक्त कुरालाई समर्थन गर्दै साहले पनि सामाजिक सञ्जालमा अस्पताल र चिकित्सकको वेथिति बारे लेख्दै आएका थिए । 

सोही क्रममा मंगलबार उनलाई पर्साका प्रहरीले पक्राउ गरेको हो । पक्राउ पछि जिल्ला प्रहरी कार्यालय पर्साले विज्ञप्ति जारी गरेका छन । विज्ञप्तिमा उनी माथी सार्वजनिक हित, स्वास्थ्य ,सुरक्षा , सुविधा र नैतिकता विरुद्धको कसुर भन्ने मुद्दा परेको र सो बारे अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको कुरा उल्लेख छ । 

अधिवक्ता आनन्द गुप्ता ले समाजिक सञ्जालमा युवाहरुले आफूलाई चित्त नबुझेको कुरा पोख्दा यसरी थुनामा राख्नु गलत भएको बताए । उनले बुद्ध एक्सप्रेस संग कुरा गर्दै भने ” यसरी युवाहरुको अवाज दवाउनु लोकतन्त्रको उपहास हो , र वाक स्वतन्त्रता विना लोकतन्त्रको हत्या हुन्छ ” । उनले यसरी समाजमा भईरहेको बेथिति बारे बोल्नेलाई थुनामा कोच्दा तनाशाही क्रुर राजतन्त्र र यति बलिदानी पछि आएको लोकतन्त्रमा के फरक भयो र ? भनेर प्रश्न समेत गरेका छन । उनले सौरभ लाई अविलम्ब रिहाइ गर्न सरकार संग जोडदार माग गरेका छन “।

त्यस्तै अभियन्ता बिट्टु मिश्राले पनि सौरभको नियन्त्रण बारे आफ्नो दुःख पोखेका छन । उनले बुद्ध एक्सप्रेस संग कुरा गर्दै मेडिकल माफिया हरु लाई कार्यवाही गर्नु पर्ने मा प्रशासनले एउटा समाजमा भैईरहेको बेथिति बारे बोल्ने युवालाई नियन्त्रणमा लिनु दुर्भाग्यपुर्ण रहेको बताएका छन ।

                               

प्रतिक्रिया