सार्वजनिक स्थानमा हिँडडुल गरे पनि खोप कार्ड अनिवार्य


  • thebuddhaexpress

सरकारले शुक्रबारदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले कोरोनाविरुद्ध खोप कार्ड अनिवार्य गरेको हो ।

सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड-१९विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्नुपर्नेछ । कार्ड हराए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिलिपि उपलब्ध गराउने छ ।

सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी,नाचघर, क्यासिनो, क्लव, हेल्थ क्लब, जिमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय, चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न नदिने भएको छ।

सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जनाभन्दा बढी हुन नहुने, कर्माचारी/व्यवसायी र सेवाग्रही दुवैको पूर्ण खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) हुनु पर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्न सकिने, पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक-चौथाईमा नबढ्ने गरी बढीमा पूर्ण खोप लगायका (मोबाइलमा फोटो भए पनि हुने) २० जना (यस अघि लिइएको स्वीकृतिमा समेत) मात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सञ्चालन गर्न पाइने छ।

उपत्यकामा भने सार्वजनिक सेवा तथा सवारी आलोपालो प्रणालीमा सञ्चालन हुँदैछन्।

                               

प्रतिक्रिया