सिके राउत द्वारा भष्ट्रचार विरुद्धको आन्दोलन घोषणाः प्रधानमन्त्री देखि अख्तियार सम्म लाई बोधार्थ


  • सुरज सिंह

भ्रष्टाचार र बेतिथि विरुद्ध मधेस केन्द्रीत राजनीति गर्दै आएका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न माग राख्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।

जनमत पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकबाट निर्णय भएर सोमबारदेखि कात्तिक १६ गतेसम्म चरणबद्ध पहिलो आन्दोलनको घोषणा गरिएको डा. सिके राउतको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको आन्दोलनका घोषणाबारेको राउतको ४ पृष्ठ लामो विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको नीति लिएको भन्दै त्यसको विरोध गरिएको छ । यस्तै पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग पनि गरिएको छ ।

यस्तै विज्ञप्तिमा जनकपुरस्थित पार्टी कार्यालयको साइनबोर्डमा भएको आगजनीमा संलग्नलाई कारबाही गर्न प्रहरीलाई राउतले ४८ घण्टाको अल्टिमेटम दिएका छन् भने भ्रष्टाचारमा संलग्न प्रदेश २ का जिम्मेवार व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाउन अख्तियारसँग माग समेत गरेका छन् ।

राउतले पहिलो चरणको आन्दोलनमा सोमबार जिल्ला सदरमुकामहरूमा सिटी जुलुस निकाल्ने, ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने तय गरिएको छ ।

यस्तै १६ गते वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरुको गरेर माग जनतासमक्ष जानकारीहरु गराउने तथा सर्वपक्षीय जनआन्दोलनको तय समेत गरिने राउतले बताएका छन् ।

पछिल्लो समय राउतले भ्रष्टाचारविरुद्ध गतिविधि सञ्चालन गर्दै आएका छन् भने सोही क्रममा जनकपुरमा खानेपानीको प्रमुख कर्मचारीलाई अर्धनग्न बनाएर राउतका कार्यकर्ताले बजार घुमाएका थिए ।

                               

प्रतिक्रिया