सिरहाको प्रख्यात धार्मिक स्थल कमलदहमा लाग्ने “ ठुठीया मेला ” यसपालि भब्य रुपमा मनाइने


  • सुरज सिंह

ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सिरहाको प्रख्यात धार्मिक स्थल कमलदहमा विगत वर्षको तुलनामा यसपाली सबैभन्दा भव्य ‘ठुठिया मेला’ लाग्ने भएको छ। सिरहा जिल्लाको मिर्चैया नगरपालिका-०९,मा अवस्थित पौराणिक ,धार्मिक स्थल तथा अथाह पर्यटकीय गन्तब्य बोकेको कमलदहमा करिब ३ दशक भन्दा पहिले देखि लाग्दै आएको ऐतिहासिक ‘ठुठिया मेला’ को सम्पूर्ण तयारी पूरा भएको मेला समितिले जनाएको छ ।

हरेक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि ३ दिन सम्म लाग्दै आएको ऐतिहासिक ठुठिया मेला यसपाली भव्य तरिकाले आयोजना गर्ने भएको छ। मिर्चैया नगरपालिका–९ मा पर्ने धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको कमलदहमा कार्तिक २९ गतेदेखि लाग्न लागेको ठुठिया मेलाको लागि चाहिने आवश्यक सम्पूर्ण तयारी पूरा भएको मेला समितिले जनाएको छ ।

पछिल्लो वर्षको तुलनामा यसवर्ष मेलाको लागि उचित व्यवस्थापन, प्रयाप्त ठाउँ, रामझुला तथा मनोरञ्जनात्मक कार्यक्रम(३ दिन), विशाल कुस्ती(३ दिन), दिन र रात संस्कृति जगेर्नात्मक कार्यक्रम -अल्हा रुदलको नाच(३ दिन) आयोजना गरिएको मेला समितिका अध्यक्ष रामबिलेक्षण यादवले जानकारी दिए । एकादशी मेला महोत्सवमा नेपाल र छिमेकी राष्ट्र भारतका ठूला – ठूला प्रख्यात पहलवानहरु आउँदैछन् ।

हरिबोधनी एकादशी मेला मोहत्सव कार्तिक २९ गते सोमबार देखि मंसिर १ गते बुधबार सम्म (३ दिन) लाग्ने र उक्त मेलामा तीनैदिन प्रख्यात पहलवानहरुबीच जोडदार भिडन्त (बिशाल कुस्ती) हुने मेला समितिका अध्यक्ष रामविलेक्षण यादवले जनाए । बिशाल कुस्ती पुरुष पहलमान बिचमा हुनेछ भन्ने महिला पहलमान यसपाली हुनेछैन।कमलदहमा हरिबोधिनी एकादशीका दिन नेपालका विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा श्रद्धालुभक्तजन र दर्शनार्थीहरु मेलामा बित्रिने गर्छन् । 

पौराणिक एवं धार्मिक महत्व बोकेको अत्ति लोपोन्मुख तथा महत्त्वपूर्ण कमल फूलको नामले परिचित यस कमलदहमा स्नान गरेर पूजापाठ गरे मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।हरिबोधिनी एकादशी मेला भर्नको लागि विभिन्न ठाउँहरुबाट भारी संख्यामा सर्वसाधारण श्रद्धालुभक्तजन र दर्शनार्थीहरु आउने गर्छन् । 

मेलामा अत्यधिक भीड हुने भएकाले मेला व्यवस्थापन, शान्ति सुरक्षा, बाटो सडक मर्मत, खानेपानी व्यस्थापनलगायतका आवश्यक सबै तयारी पूरा गरिएको मेला समितिले जनाएको छ ।

पौराणिक मन्याता अनुसार कमल दह एक रातमै देविदेउताको सक्तीले निर्माण गरिएको धार्मिक जनविश्वास रहिआएको छ। राजा सलहेश हरेक वर्ष वैशाख १ गते र २ गतेका दिन सिरहा जिल्ला स्थित आफ्नो राजधानी मैसोधागढ बाट आफ्नो सेनासहित घोडामा सवार भई “कमलदह” मा स्नान गरेको धार्मिक मान्यता रहिआएको छ।

पुरातात्विक र पर्यटकीय सम्पदा महत्व बोकेको कमलदह प्राकृतिक सम्पदाले भरिभराउ छ। कमलदह क्षेत्रमा श्रद्धालुभक्तजन र दर्शनार्थीहरु हरेक नयाँ वर्ष, चाडपर्व एवं बिदाका बेला घुमफिर तथा पिकनिक मनाउनेहरूको घुइँचो लागेको हुन्छ।

                               

प्रतिक्रिया