सिरहामा ३१ किलो गाँजा बरामद


  • thebuddhaexpress

सिरहा जिल्लाको प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट ३१ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बडियारपट्टीबाट खटिएको टोलीले औरही गापा १ दरहैयाबाट ३१ केजी २ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको हो ।

तस्करले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्था प्रहरीलाई देखेर गाँजा फालेर भागेको हुन सक्ने सशस्त्रका एसपी दिपेन्द्र गिरिले जानकारी दिए ।

बरामद गाँजा आजै जिल्ला प्रहरी कार्याल सिरहालाई बुझाउने उनले बताए ।

                               

प्रतिक्रिया