सिरहा आमहडताल: किसानको आन्दोलनमा दर्जनौं राउण्ड आँसु ग्याँस प्रहार


  • thebuddhaexpress

किसान रिहाइको माग गर्दै सिरहामा जारी किसान आन्दोलनको क्रममा प्रहरीले आइतबार दर्जनौं राउण्ड आँसु ग्याँस प्रहार गरेको छ ।

किसान पक्राउको विरोधमा जनमत पार्टीले आमहडतालको घोषणा गरेको छ । सोही क्रममा जनमतका नेताहरु पटवारी ठाकुर, रुपेश साहसहित दर्जनौं नेताहरुलाई पक्राउ गरिएको छ ।

अहिले सिरहाको मिर्चौया, गोलबजार, लहानलगायतमा अवस्था तनावग्रस्त रहेको छ ।

किसान नेताहरुको रिहाई, किसानमाथिको मुद्दा फिर्ता, मलखाध उपलब्ध गराउनेलगायतको माग राख्दै जनमत पार्टी सिरहा र किसान आन्दोलन संघर्ष समिति सिरहाले आमहड्तालको घोषणा गरेको छ ।

                               

प्रतिक्रिया