सिरहा: कमल दहकाे ठुठीया मेलामा कुस्ती ‘क्रेज’


  • सुरज सिंह

तराई मधेशका ग्रामीण क्षेत्रमा कुस्तीप्रेमीहरु भने परम्परागत खेल कुस्तीको ‘क्रेज’लाई उत्सवकै रूपमा लिने गरिएको छ । विशेषत बृद्ध पुरुष , महिला, बालबालिका, युवायुवतीहरुकाे हजारौं हजार सख्यामा सहभागी भएको हाे।

सिरहाको मिर्चैया नगरपालिका वडा नं.-०९ मा अवस्थित ऐतिहासिक,धार्मिक स्थल अथाह पर्यटकीय गन्तब्य बोकेको कमलदहमा कार्तिक २९ गते सोमबारबाट लागेको ३ दिने ठुठिया मेलामा कुस्ती प्रतियोगिताको आयोजना गरिएको हाे । हरिबोधिनी एकादशी अर्थात् सोमबारबाट सुरु भएको ठुठिया मेलामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न ठाउँबाट प्रख्यात पहलवानहरु सहभागी भएका छन् । 

हजारौं हजार सख्यामा सहभागी मगंलबार र बुधवार कुस्तिप्रेमि ठुठीया मेलमा कुस्ती स्टेडियम नै भरिपूर्ण रहेर आनन्द लिएका छन्। पहलमान कुस्ती खेल्ने क्रममा एक अर्कालाई लछार पछार गर्दा कुस्तिप्रेमी आनन्दमय रहेको पाइन्छ। आफनो राष्ट्रको पहलमान भारतको पहलमान सँग आबद्ध भएर जीत हासिल गरेपछी कुस्तीप्रेमी ताली माथि ताली बजाएर हर्षित भएका हुन्।

उक्त कमल दहको विशाल कुस्ती र भव्य मेला आज धुमधामको साथ सम्पन्न भएको छ।

कमलदहमा दशकौंदेखि हरेक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म विशाल मेला सँगै विशाल कुस्ती लाग्ने गरेको छ । जिल्लामै सबैभन्दा ठूलो कुस्ती र सबैभन्दा बढी सर्वसाधारण श्रद्धालुभक्तजन र दर्शनार्थीहरुको सहभागिता रहने भएकाले यहाँको मेलालाई विशाल र विषेश मानिन्छ । दर्शनार्थीहरु ठुठीया मेलामा कुस्ती प्रति ‘क्रेज’ धेरैं रहेकाे कुस्तीप्रेमी बताउँछन्।

शरीरलाई हतियार मानेर खेलिने कुस्ती हेर्न बाहिर बाहिरबाट हजारौं हजारको संख्यामा मगंलबार र बुधवार सर्वसाधारणहरु कमल दहको विशाल कुस्ती स्टेडियममा ओर्लिए । दर्शकको मागलाई ध्यानमा राख्दै विगत वर्षकाे तुलनामा यसपालि भब्य मेलामा विशाल कुस्ती ल्याइएको आयोजकले बताए । 

कमलदहमा हरिबोधिनी एकादशीको दिनदेखि ३ दिनसम्म विगत ४ दशक बढीदेखि मेला आयोजन हुँदै आएको छ । 

तराई मधेशका ग्रामीण क्षेत्रहरूमा कुस्ती ‘ब्रान्ड’ बन्दै गएको छ । दिनप्रति दिन कुस्तिप्रेमी बढदै गएको छ।कुस्तीप्रेमीहरुले कुस्तीलाई उत्सवकै रुपमा लिने गरेका छन् ।

पुरातात्विक र पर्यटकीय सम्पदा महत्व बोकेको कमलदह प्राकृतिक सम्पदाले भरिभराउ छ। कमलदह क्षेत्रमा कलमफूलकाे आकर्षणले श्रद्धालुभक्तजन र दर्शनार्थीहरु हरेक नयाँ वर्ष, चाडपर्व एवं बिदाका बेला घुमफिर तथा पिकनिक मनाउनेहरूको घुइँचो लागेको हुन्छ।

                               

प्रतिक्रिया