सिरहा ठप्प: आज पनि जिल्लाभर चक्का जाम गर्ने जनमत पार्टीको निर्णय


  • thebuddhaexpress

पक्राउ परेका किसानहरुलाई रिहाई र औरही गाउँपालिकाले किसानहरुमाथि दर्ता गराएको मुद्दा फिर्ताको माग गर्दै पुष १२ गते सोमवार पनि सिरहा जिल्लाभर चक्का जाम गर्ने निर्णय जनमत पार्टी सिरहाले गरेको छ ।

आईतवार उक्त पार्टीले आमहड्तालको घोषणा गरेको थियो । आमहड्ताल सफल पार्न राजमार्गमा उत्रेका जनमतका कार्यकर्ता र प्रहरीबीच ठाउँ ठाउँमा पटक पटक झडप भयो । सो क्रममा प्रहरीले १४ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुको नाम र ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन् । सिरहाका प्रहरी प्रमुख एसपी हिरा बहादुर पाडेले गोलबजारबाट ९ जना, मिर्चैयाबाट ४ जना र विष्णुपुरबाट एक जना पक्राउ परेको बताए ।

जनमत पार्टी सिरहाले किसान आन्दोलनलाई एक्यवद्धता जनाउदै गरेको आमहडतालमा प्रशासनद्धारा किसानहरुमाथि भएको व्यापक दमनप्रति घोर भर्त्सना गरेको छ ।

किसानको समस्या समाधान प्रति अग्रता नदेखाउनु उल्टै किसान माथि प्रशासनले दमन नीति लिनु आफैमा निन्दनीय छ- जनमत पार्टी आन्दोलन समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

गिरफ्तार गरेका किसानहरु अविलम्ब रिहाई, मुद्दा फिर्ता, किसानहरूलाई आवश्यक मलखाध र बिजको सुनिश्चित, किसानको लागि बिधुत निशुल्क गर सरकार,हावाहुरीका कारण किसानले बेहोरोको क्षति राहत मिलाउने , बालीको उचित बजार मूल्य कायम गर्नुपर्ने र स्थानीय निकायमा भएको चरम भ्रष्टाचारको छानविन गरी दोषीलाई जेल चलान गर्ने लगायतका ७ मागहरु रहेका आन्दोलन समिति सिरहाको पवन यादवले जानकारी दिए।

                               

प्रतिक्रिया