सिरहा तनाबग्रस्त:सीके राउतका कार्यकर्ता द्वरा दर्जनौं गाडी तोडफोड देखि ट्रकमा आगजनी सम्म


  • thebuddhaexpress

आमहड्तालको अवज्ञा गरेको भन्दै सिरहा जिल्ला गोलबजार नगरपालिका स्थितको अंकुर होटल नजिकै पुर्ब पश्चिम राजमार्गको सवारी साधनमा तोडफोडको साथ एउटा ढुवानी ट्रकमा आगजनी गरेको छ । आइतबार जनमत पार्टी सिरहाको कार्यकर्ताले चोहर्वा सडक खण्डमा ना ५ ख ५५२२ नम्बरको ढुवानी आगजनी गरेको छ ।

प्रहरीले बारुण यन्त्रको सहयोग ट्रक आगजनीमा पानीको फोर्स हालेर नियन्त्रणमा लिएको छ भने ट्रक आधी आगाडीको भाग जलेको छ।

किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता बिहान देखि आमहड़ताल सँगै तोडफोडमा उत्रेका छन् । बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका छन् ।

गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।

जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व-पश्चिम राजमार्गमा सवारी चल्न सकेको छैन । बिहान केहिबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ ।

आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरे । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बांकी रहेको बताए ।

औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।

पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका सिरहाले जनाएको छ ।

                               

प्रतिक्रिया