हावाहुरीले जनजीवन प्रभावित: मधेश प्रदेशमा २ विद्यार्थी र एक महिलाको मृत्यु


  • thebuddhaexpress

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हावाहुरी बग्दा मधेश प्रदेशमा ३ जनाको मृत्यु भएका छन्।बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले रूख ढल्दा धनुषाको एक बालक,एक बालिका र रौतहटमा एक महिला गरी ३जनाको मृत्यु भएको छ ।

धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा एक बालक र एक बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्थानीय ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको छ । ठूलो हावाहुरीका कारण अचानक विद्यालय विद्यालय प्राङ्गणमा रहेको मसालाको रूख ढल्दा दुवै जनाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरिले जानकारी दिए ।

तयसैगरी रौतहटको बौधीमाई नगरपालिका(१ मा हावाहुरीका कारण घर ढल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४५ वर्षीया फुलमतीया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

वर्षा र हावाहुरीले तराईका विभिन्न जिल्लामा धनजनको समेत छति भएको छ।यसले मानिसको जनजीवन प्रभावित बनाएको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही शनिबारसम्म नै देशका धेरै स्थानमा मेघगर्जन,चट्याङ,असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

                               

प्रतिक्रिया