हिजो हेडक्वाटर तानिएका ‘गोली हानेर मार्छु भनेर धम्क्याउने’ एसपी पाण्डे आज निलम्बित


  • thebuddhaexpress

हिजो मङ्गलवार हेडक्वाटर तानिएका ‘गोली हानेर मार्छु भनेर धम्क्याउने’ एसपी पाण्डे आज निलम्बित गरिएको छ।

नेपाली कांग्रेस सिराहाका जिल्ला सभापति रामचन्द्र यादवलाई‌ मध्यराति गोली हान्ने धम्की दिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् ।

सरुवाको विषयलाई लिएर गोली हानेर मार्छु भन्दै मध्यराति यादवको घर गएका एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको हो ।

हिजो मंगलबार एसपी पाण्डेलाई सिरहाबाट प्रधान कार्यालय, नक्सालमा काज सरुवा भएको थियो।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । ‘एसपी पाण्डेमाथि अनुसन्धान जारी छ,’ उनले भने, ‘अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।’

यादव र पाण्डेबीच व्यक्ति पक्राउको विषयमा विवाद हुदाँ पाण्डे पेस्तोल बोकेर सोमबार राति यादवको घर गएका थिए। लगत्तै उनलाई हेडक्वाटर तानिएको थियो ।

                               

प्रतिक्रिया