१५ महिना देखि च्यातिएको त्रिपालमुनि छोपेर राखिएको रेल इनर्वाबाट कुर्थासम्म सरर गुड्यो


  • thebuddhaexpress

प्रदेश २ धनुषा जिल्लाको इनर्वामा डेढ वर्षदेखि त्रिपाल मुनि छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ। रेल्वे ट्रयाक र इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली रेल परीक्षणका लागि गुडाइएको रेल्वेका अधिकारी बिनोद ओझाले जानकारी दिए।

भारतीय रेल्वे कम्पनी कर्पोरेशन कोंकणबाट असोज ३ गते रेल नेपाल ल्याइएको थियो। सो दिन रेलको परिक्षण गरेर धनुषाको इनर्वामा पाल भित्र राखेर थन्काइएको थियो।

नेपाली रेलको ट्रयाक निर्माण भएपनि रेल भने गुड्न सकेको छैन। रेल गुड्ने नगुड्ने संशयका बिच तयारी स्वरुप शनिबार फेरि परीक्षण गरिएको बताइएको छ।

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भई सकेको जानकारी दिए। माघ २७ गते भित्र रेल गुडाउने तयारी रहेको उनको दाबी छ। महाप्रबन्धक झाले रेल इन्जिनको अवस्था राम्रो रहेको दावी गरिरहँदा रेलको बगि भित्र सिटको कभर च्यातिएको, झ्यालहरुमा धुलै धूल रहेको पाइएको थियो ।

                               

प्रतिक्रिया