एक बिहानै दाङको चप्पल गोदाममा आगलागीमा परी चार पुरुष र एक महिलाको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुले इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपीले जानकारी दिए।
इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा बिहीवार राति २ बजे आलगागी भएको प्रहरीले बताएको छ। डिएसपीका अनुसार आगलागी केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।
पहिलो तलाबाट सुरु भएको आगो चौथो तलासम्म पुगेको र तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको समेत बताए।