लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। आज बिहान पोखरेल ले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको जानकारी दिएको छ । संविधानको धारा १६८ को २ बमोजीम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजीम सरकार गठन गर्न मार्ग प्रसस्त गर्न भन्दै राजीनामा बुझाउनु भएको हो । नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताईएको छ । उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएका छन् ।