नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रेसर कुकर जस्तो बम फेला परेको छ।
‘नो एमसिसी ’ लेखेको प्रेसर कुकर देखिने शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु भेटिएपछि अहिले सुरक्षाकर्मीले घेरा हालेर राखेका छन् ।
कुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रको सडक पनि अवरुद्ध भएको छ । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।
सोमबार एमसिसी अनुमोदनको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।
संसद् भवन अगाडि फेला परेको शंकास्पद वस्तु पनि बन्दकर्ताहरूले राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।