मिथिलाञ्चलमा नाग पञ्चमी: किन टाँसिन्छ घरको ढोकामा नाग तस्बिर ?


  • सुरज सिंह

श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी मिथिलाञ्चल सँगै देशै भरि आज हिन्दु धर्मावलम्बीहरू नागको पूजा गर्ने धार्मिक परम्परा रहेको छ । २०७८ श्रावण २९गते बिहान ५बजेर ३३ मिनेट बाट सुरु भएर १३ बजेर ५८ मिनेट सम्म श्रवण पञ्चमी रहने हाम्रो पात्रमा उल्लेख गरिएको छ।

आजको दिन बिहानै उठी स्नान गरी दिप,कलश,गणेश पूजा गरि अ- आफ्नो घरको दैलोमा गाई गोवरको नाग बनाई नागको मानचित्रमा दहि,दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले बर्षभरि रक्षा गर्ने जनविश्वास रहेको छ । नागहरु जस्तै अनन्त, वासुकि, पद्म, महापद्म,तक्षक, कुलि, कर्कट,शंखनाग, शेषनाग आदिको चित्र टासिन्छ । यसरि बिभिन्न नागको चित्र घरमा टास्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा बिस्वास रहिआएको छ ।

श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । यस पञ्चमी सुरु भएदेखि चाडपर्वहरूको मौसम सुरुआत हुने पौराणिक मान्यता रहेको छ।

नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् । यसरि श्रावण शुक्ल पंचमिको दिन श्रद्धा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन् ।

                               

प्रतिक्रिया