कक्षा १२ को परीक्षा भदौ ३० गते देखि सञ्चालन गर्ने निर्णय (तालिका सहित )


  • सुरज सिंह

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गते देखि ८ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

परीक्षा बोर्डको आज बसेको बैठकले गत साउनमा स्थगित भएको परीक्षा भदौ ३० गतेदेखि शुरु गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट सुरक्षित हुनेगरी स्वास्थ्य मापदण्ड अपनाएर विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।

कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय भएको परीक्षा साउन ३१ गते शुरु गर्ने भनिए पनि कोरोना संक्रमण उच्च भएपछि रोकिएको थियो ।

बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्ष भने शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

                               

प्रतिक्रिया