SSYS द्वारा बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता र शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न


  • सुरज सिंह

”सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारकाे संरक्षण हामी सबैकाे जिम्मेवारी ” मुल नाराका साथ ५७  औं बालदिवस भदौ २९ गते मंगलबार सनराइज युथ सिरहा सञ्जाल(SSYS)ले शैक्षिक सामग्री र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी राष्ट्रिय बाल दिवस मनाएका छन्।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर -३ स्थित श्री सरस्वती माध्यमिक बिधालयको प्राङ्गणमा ५७औं राष्ट्रिय बालदिवसको अवसरमा “मानवको सेवा गर्ने” सनराइज युथ सिरहा सञ्जालले हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त कार्यक्रमा उपस्थितिलाई  सञ्जालले सुरुमा मास्क वितरण गरी विधालयको प्राङगनमा कक्षा १ देखि कक्षा ८ सम्मका बालबालिकाहरुलाई  औसत ८० थान शैक्षिक सामाग्री (कपि, पेन्सिल र चोक्लेट) वितरण र विभिन्न नारा पनि लगाएका थिए।

श्री सरस्वती माध्यमिक बिधालयको प्राङगनमा दोस्रो कार्यक्रम हाजिरी जवाफ प्रतियोगितामा कक्षा ७, ८, ९ र १०का बालबालिकाको सहभागिता रहेको आयोजक युवा सञ्जालले जनाएको छ ।

प्रतियोगितामा ५ बटा समुह बनाएका र क्रमश Mt. Makalu प्रथम, Mt. Lotse दृतिय, Mt. Choya तृतीय र Mt. Everest सान्त्वनामा पर्न सफल भएका थिए। उक्त प्रतियोगितामा सञ्जालले क्रमशः प्रथम, दोस्रो र तेस्रोलाई विभिन्न पुरस्कार प्रदान गरी सम्मान गरेका सञ्जालको उपाध्यक्ष पारश चौधरीले बताए।

राष्ट्रिय बाल दिवसको अवसरमा श्री सरस्वती मा .बि जम्दहका प्रधानाध्यापक सन्जिब साहको मुख्य अथितीमा उक्त कार्यक्रम भएको थियो। उक्त कार्यक्रममा गोलबजार न.पा वडा ३ का वडा अध्यक्ष धन प्रसाद मोक्तान,मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साह,सरस्वती मा .बिका उप-प्रधानाध्यापक हिरेन्द्र बिष्ट,शिक्षक राम सेवक साह तथा स्थानीय बुद्धिजीवीहरुको उपस्थित रहेका थियो।

उक्त कार्यक्रममा “सनराइज युथ सिरहा संजाल”काे पदाधिकारी शोभा साह, पारस जयसवाल, अर्चाना साह लगायत अन्य सदस्यहरू उपस्थितिमा सम्पन्न गरिएको हो।

राष्ट्रिय बाल दिवसको अवसरमा हरेक वर्ष यसरीनै कार्यक्रम गरी मनाएका सनराइज सिरहा युवा सञ्जालले जनाए।

                               

प्रतिक्रिया