डिभिजन वन कार्यालय लहान द्वरा बिरुवा खरिदमा लाखौको भ्रष्टाचार : सुचना माग्न जादा प्रहरी द्वरा २ युवा पक्राउ


  • thebuddhaexpress

सिरहाको डिभिजन वन कार्यालय लहान द्वरा बिरुवा खरिदमा लाखौ भ्रष्टाचार भएको कुरा बाहिर आएपछि चुरे अभियन्ताहरुले वन कार्यालयको DFO सुवास दास संग सुचना माग्न जादा हिजो प्रहरीले २ जना अभियन्ता लाई पक्राउ गरेको छ । वन कार्यालय माथी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले उनीहरु लाई  पक्राउ गरेको खबर आएको छ । पक्राउ पर्नेमा सुरेश सिंह र सुरेश महतो रहेको टिएमएनसी बारा जिल्ला अध्यक्ष तथा चुरे तथा वन जंगल संरक्षणका अभियन्ता सुनिल यादव ले जानकारी गराएका छन ।

झडप यस कारण भएको थियो :

वन कार्यलय लहान द्वरा गुनस्तरहीन विरुवा , सुकेको र भर्खरै कटिङ भएको विरुवाहरु खरिद गरिएको खबर २७ गते प्राप्त भए पछी सो बारे जानकारी लिन टिएमएनसी बाराका अध्यक्ष तथा चुरे तथा वन जंगल संरक्षण का अभियन्ता सुनिल यादव २८ गते लहान स्थित वन डिभिजन कार्यालय पुगेका थिए । वन कार्यालय पुगे पछी उनले DFO सुवास दास लाई भेटन आएको कुरा त्यहाका एक कर्मचारी लाई भने तर DFO भारत गएको खबर कर्मचारी ले जानकारी गराए पछी अभियन्ता यादवले त्यही रहेको नि . वन कार्यालय प्रमुख गंगा प्रसाद यादव संग भेट गरेका थिए  । नि . प्रमुख यादव संग बिरुवा को खरिद बारे जानकारी लिदा आफुलाई ५ लाखको विरुवाहरु खरिदका लागि कोटेसन पठाइएको बारे मात्रै जानकारी भएको र त्यस बाहेक अरु केही जानकारी नभएको कुरा उनलाई बताए ।

त्यस पछी अभियन्ता यादव कार्यालय बाहिर निस्के । बाहिर आएपछी त्यहीका स्थानीयहरु बाट वन कार्यालयले अरु पनि विरुवाहरु खरिद गरेको र बिरुवा DFO ले आफ्नै मान्छेहरुको नर्सरी बाट किनेको कुरा अभियन्ता यादवलाई जानकारी गराए । यस बारे बुझ्न अभियन्ता यादव  सिरहाको जिरो माइलमा रहेको बिमल नर्सरी पुगेका थिए । बिमल नर्सरीबाट रु९५ प्रति गोटाको ,रु ५ लाखको कागतीको बिरुवा  , उनकै भाईको रहेको नर्सरी बाट रु ९५ प्रति गोटा,  रु५ लाखको आँप तथा बबिता नर्सरी बाट पनि रु ९५ प्रति गोटा, रु ५ लाखको लिची खरिद गरिएको कुरा  बिमल नर्सरीका मालिक ले स्विकार गरेको थियो  ।

खरिद बिरुवाहरुको चेक बनिसकेको  तर विरुवाहरु कुन  र कति गोटा आएको कुरा आफ्नो जानकारीमा नरहेको कुरा वन कार्यालयका अकाउन्टेन्ट ले अभियन्ता यादवलाई भनेका थिए । जबकी वन कार्यालय र नर्सरी मालिक बिच यति मितीमा यति बिरुवा यो ठाउमा  उपलब्ध गराइसके पछी मात्रै भुक्तानी हुने कुरा उल्लेख भएको हुन्छ । वन कार्यालयका कुनै कर्मचारीले विरुवाहरु बुझेको स्विकार गरेनन। जब कि बिरुवा खरिदको बिल पास भइसकेको छ । त्यस पछी यस अझ बुझ्न नव गंगा सामुदायिक वन कार्यलयका अधिकृत देवेन्द्र पासवान संग भेटन उनकै कार्यालयमा पुगेका अभियन्ता यादव लाई बाँसको बीउ वाला बिरुवा र कटिङ भएको बिरुवा ४ हजार खरिद गरिएको मा ३ हजार मात्रै आएको  र केही बिरुवा सुकेको समेत जानकारी दिएका थिए । लगभग २५ सय बिरुवामा दुवै ( कटिङ र बिउवाला )मिक्स   वितरण भएको थियो ।  कटिङ बिरुवाको रेट नेपाल सरकार द्वरा रु २५० दिने गरेको छ जबकी वास्तविक रेट रु १४० – १५० मात्रै रहेको छ । र बीउ वाला बिरुवाको रेट रु ३०-३५ मात्रै रहेको छ । यसरी बिलमा बढी रेट राखी र बिरुवा नआएपनी बिलमा समावेश गरि कर्मचारीहरूले कमिसनका लागि चलखेल गर्ने गरेको आरोप अभियन्ता यादवले लगाएका छन  ।

वनको DFO असार ३१ गते तिर आउनु हुन्छ तपाईं साउन १ गते  तिर आउनुस भनेर वन कार्यालयका एक कर्मचारी ले भनेका थिए । त्यही अनुसार हिजो बिरुवा बारे जानकारी लिन जादा वन पालेहरु अचानक लठ्ठीले प्रहार गर्न थाले। लठ्ठी प्रहार पछी आक्रोशित बनेका केही युवाहरुले पनि ढुङ्गामुढा गरेकै हो अभियन्ता यादवले भने  । त्यसपछी प्रहरी बोलाएर वन कार्यालयले हाम्रो २जना साथीलाई पक्राउ गरेका छन तर ढुङ्गामुढा गर्नेहरु यिनीहरु नभएको पनि यादवले बताए ।

अभियानी युवाहरु लाई नछोडे पछि चुरे तथा वन जंगल संरक्षण अभियान सिरहाका अध्यक्ष लक्ष्मण यादवको नेतृत्वमा हिजो साझ १ घण्टा चोहर्वाको राजमार्ग अवरुध गरेका थिए । सो कार्यक्रममा टिएमएनसीका सदस्य अभास गुरु , शत्रु स्वराज लगायतका युवाहरु  समेतको उपस्थिति रहेको थियो ।

अध्यक्ष सुनिल यादवले बुद्ध एक्सप्रेस संग कुरा गर्दै आफ्नो अभियानी साथीहरुलाई प्रहरीले छिटो विनासर्त रिहाइ गरेनन भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

                               

प्रतिक्रिया