जनमत पार्टी बोदेबर्साइन नगर अध्यक्षमा नेतृ खुश्बु


  • thebuddhaexpress

जनमत पार्टी बोदेबर्साइन नगर अध्यक्षमा नेतृ खुश्बु यादव मनोनित भएकी छिन् । जनमत पार्टी जिल्ला समन्वय समिती सप्तरीको हिजो बसेको बिस्तारिक बैठक बाट उनलाई सप्तरी जिल्लाको बोदेबर्साइन नगर अध्यक्षमा मनोयन गरेको हो ।

शम्भुनाथ न. पा कठोना बजारको आदिबासी जनजाती भवनमा एक कार्यक्रम बिच उनले अध्यक्ष पद समहाली आफ्नो राजनितिक यात्रा आरम्भ गरेकी छिन ।

जनमत पार्टी बोदेबर्साइनको निवर्तमान अध्यक्ष आलोक यादव कि अर्धाङ्नी समेत रहेकि नेतृ खुश्बुले “आफ्नो श्रीमान यस क्षेत्रका गरिब ,उत्पीडित ,अपहेलित जानताको पक्षमा सदैव लडदै आइरहेको र कोरोना लागेर उहाँ स्वर्गवास भएपछि परम्परागत दलाल पुजीवादी राजनीति लाई धराशाही गरि आदर्शको राजनीति गर्न आफू राजनितीमा आएको ” उनले भनिन् ।

                               

प्रतिक्रिया