#बलात्कार

सिरहामा बलात्कारको आरोपमा एक पक्राउ


  • विनय यादव

विनय यादव ,सिरहा । सिरहामा बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका-६ हरिपुर घर भई ससुराली गाउँ कल्याणपुर-४ महुलिया बस्ने वर्ष २८ वर्षीय बैधनाथ दासलाई प्रहरीले पक्राउ गरेको हो । दासलाई स्थानीय २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फागुन १९ गते बुधबार दिउँसो करिब १ बजेको समयमा आफ्नो छोरीलाई दासले ललाईफकाई बलात्कार गरेको भन्दै शुक्रबार पीडितकी आमाले मिर्चैया प्रहरीमा मौखिक जानकारी दिएकी थिइन् । त्यसलगत्तै दासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले जानकारी दिए ।

                               

प्रतिक्रिया