शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन बुधबार गरेको छ ।
निम्न माध्यामिक तहको २५ सय ९८ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
साथै चैत्र १७ परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।
त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाट नै भर्ने व्यावस्था गरेको जनाएको छ ।





