डा. सिके राउतको जनमत पार्टिले पुष ३० गते शुक्रबारका दिन हरेक जिल्लाकाे सदरमुकाममा बिभिन्न साङ्केतिक महार्याली प्रदर्शन गर्ने भएको छ।
किसानको ११ बुँदे माग पूरा गराउन जनमत पार्टीले सरकारलाई थप चुनौती दिन महार्याली गर्ने पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।
बिगतको दुई हप्ता देखि जनमत पार्टीले किसानको माग पक्षमा मधेश देखि काठमाडौं सम्म शान्तिपूर्ण र्याली विभिन्न तरीकाबाट गर्दै आइरहेका छन्।
जनमत पार्टीको सचिवालयले किसानको माग पक्षमा ज्ञापनपत्र दिने, प्रचारप्रसार गर्ने, युवा दस्ता बनाउने कार्यहरू सुचारू नै रहने समाजिक सञ्जाल मार्फत बताइएको छ।
किसान आन्दोलनका ११ बुँदे मागहरू साथै सम्बन्धित र्यालीका साङ्केतिक तरीकाहरू यसप्रकारका छन्:-
१. उच्चस्तरीय समिति गठन, – भैंसी जुलुस निकाल्ने।
(अर्थ: सत्ताधारीहरू केही मतलब नगर्ने भैंसी भयो भनेर)
२. किसानकार्डको व्यवस्था – भोट कार्ड, प्लाकार्ड देखाएर प्रदर्शन।
(अर्थ:भोटकार्ड दिने, किसान कार्ड खै? भोट लिने भए किसान कार्ड देऊ)
३. किसानको #पेन्सन, – गोरू र्याली, गोरूगाडा र्याली, हलो र्याली, कोदालो र्याली।
(अर्थ:जीवनभरि जोतिएर वृद्धावस्थामा कोदालो, हलो, गाडामा जोतिन नसके कसरी बाँच्ने?)
४. बालीनालीको स्वत: वीमा, – खाली “ढकिया/छिटा”, खाली “बहिंगा” र्याली
(अर्थ: लगाएको बाली उब्जेन, स्वत: वीमा नगरे कसरी बाँच्ने?)
५. कृषि मीटरको बिजुली नि:शुल्क – बाल्टिन र्याली, कृषि मोटर र्याली, बिजुली तार लिएर र्याली
(अर्थ: सिंचाई छैन, सिंचाईको व्यवस्था गर कि बिजुली फ्री गर)
६. #मलखाद र बीउबिजनको व्यवस्था – खाली खाद बोरा र्याली, सडकमा माटो छर्ने र्याली
(अर्थ: मलखाद छैन / बीउ नभए माटो छरेर फसल हुन्छ त ?)
७. बालीक्षतिपूर्ती वापत् #राहत, – भिजेको बाला र्याली, परालको भारी बोकेर र्याली, नाङ्लो (“सुप”) र्याली, झाडू र्याली
(अर्थ: बालीनाली क्षति भयो, राहत देऊ)
८. फसलको उचित समर्थन #मूल्य निर्धारण – तराजु र्याली
(अर्थ: उचित मूल्य निर्धारण गर)
९. उखु किसानको #भुक्तानी – उखु र्याली
१०. मुद्दा फिर्ता, किसानमाथिको #दमन बन्द – जाल र्याली, “जुवाली/चाबुक” र्याली, लाठी जुलुस
(अर्थ: फसाउने काम बन्द गर, दमन गर्ने काम बन्द गर)
११. आन्दोलनकारी #रिहा – दाम्लो/सिक्रीले हाथ बाँधेर र्याली
(अर्थ: किसानलाई मुक्त गर)
यसरी जनमत पार्टीको कार्यकर्तालाई आफ्नो रचनात्मक रूपमा र्यालीका तरीकाहरू निकाल्न सकिने भनेर निर्देशन समेत दिएको छ।
गहुँको बीउ लुटेको आरोपमा सिरहाको औरही गाउँपालिकाले दर्ता गराएको मुद्दा आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले पुस ९ गतेबाट आन्दोलनको घोषणा गरेको थियो । कार्यकर्तामाथि दमन गरेको भन्दै उक्त पार्टीले आन्दोलनलाई निरन्तरता दिएको हो ।