मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा भोलि अर्थात् फागुन १ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
आइतबार जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।
शुक्रबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् ।
तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ ।
