अहिलेको नेपालको राजनीतिमा युवा पिडिको आकर्षण बढ्दै गएका छन्। यसै परिवेशमा नेपालको प्राविधिक क्षेत्रमा क्रियाशील रहेका धनुषाको विदेह नगरपालिका निवासी तथा योर्स टेक्नोलोजीका प्रवन्ध संचालक श्री नविन चौधारी कुराकानी गर्दा ऊनी पनि आफ्नै गृह नगरपालिकाको वाडा नं. ९ का लागि वडाध्यक्षमा स्वतन्त्र उमेद्वारी दिने मनस्थिति बनाएका छन्।
इठर्वा-९, विदेह ना. पा. आसपासको क्षेत्रका बासिन्दामाझ लोकप्रिय रहेका उनले हालको राजनीतिक असमान्जयस्तताका कारण स्थानीय बासिन्दाहरुको आग्रहमा चुनाव लड्न लागेको बताए ।
उनले आफूले वडाका बासिन्दाको हितमा काम गर्दै आएको र समाजसेवामा तल्लिन रहने उनी अव आफ्ना समाजसेवा वडाध्यक्ष जितेर उनीहरुकै सेवा गर्ने निज चौधरीले बताए । यो पटक उनी स्वतन्त्र बनेर नै उम्मेद्वारी दर्ता गर्ने भएका छन् ।