भारतमा कोरोनाको दोस्रो लहर तिब्र भएको बेला सामाजिक अभियन्ता सरोज रायले भारतको दरभंगाबाट दुइ नेपाली बालकको उद्धार गरि घर फर्काएको छ ।

सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका वडा न. ८, वैर्याही निवासी अशोक कुमार साह धर्म परिवर्तन पछि नाम अब्दुल्लाहको ११ वर्षीय छोरा अब्दुर रहमान अलअब्द्दी विगत चौध महिना देखि लापता थिए ।
यस्तै, धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका वडा न. ३ महुवा गाउँको निवासी विष्णुदेव दास तत्माको १२ वर्षीय छोरा जय कुमार दास तिन महिना देखि हराई रहेको थियो ।
यिनी दुवैको घरबाट भाग्ने कारण एकैनासको रहेका छन् । घरमा बदमाशी गर्दा आमाबुवाले सामन्य रिसाएका थिए र यहि कारणले दुवै बालक घरबाट भागेर भारत पुगेका थिए । घर परिवारले खोज्ने निकै प्रयाश गरे पनि पता लागेको थिएन।यिनीहरू लाई फरक-फरक समयमा दरभंगा रेल्वे प्रहरीले स्टेशनबाट समातेर बाल कल्याण समितीको जिम्मा लगाएका थिए ।

बाल कल्याण समितीबाट करिव एक महिना अगाडी अभियन्ता राय जानकारी गराइएको थियो । दुवैको फोटो समाजिक सन्जालमा राखेपछि परिवारजन्य सम्पर्कमा आएका थिए । स्थानीयतह र जिल्ला प्रशासन कार्यालयबाट कागजी प्रक्रिया पुरा गरि अभियन्ता राय यहि वैशाख ७ गते दरभंगा पुगेर बालकल्याण समितिबाट दुवै बालकको उद्धार गरि परिवारजन्य लाई जिम्मा लगाएको थियो ।
भारतबाट फर्के पछि अभियन्ता रायले सबैभन्दा पहिला कोरोना जांच गराए र पिसिआर जांचमा रिपोर्ट निगेटिव आएको कुरा स्वंम रायले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् ।