त्रिभुवन विश्वविद्यालयमा चार बर्षे स्नातक प्रथम बर्षको २०७६ को ब्याचका बिधार्थीहरुलाई कोरोनाको कारण फाइनल परीक्षा नहुदा उनीहरुको भविष्य अन्यौलमा परेको छ ।
यस विश्वविद्यालयले प्रथम बर्षको बार्षिक परिक्षा कक्षा संचालन पछी १८ महिना लामो समयसम्म बितिसक्दा पनि परीक्षा भौतिक अथवा भर्चुअल माध्यमबाट पनि शुरुआत गरेको छैन। त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने बिधार्थीहरु २०७६ मंसिर महिनामा भर्ना लिएका थिए।
https://www.facebook.com/hallabolnetwork/
पुर्वाञ्चल विश्वबिधालय लागयत अरु थुप्रै बिश्वबिधालयहरु ले अनलाइन माध्यम बाट परिक्षा लिएको थियो भने त्रिभुवन बिश्वबिधालय ले पनि धेरै संकायका परिक्षा अघिलो बर्षको लकडाउन खुलेपछि भौतिक उपस्थितिमा लिएको भए पनि स्नातक प्रथम बर्षको परिक्षा लिनसकेको छैन ।