व्यक्तिगत दर्ता (जन्म, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद) विवरण डिजिटालाइजेसन प्रक्रियामा


  • सुरज सिंह

नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले व्यक्तिगत दर्ता (जन्म, मृत्यु, बिवाह, बसाईसराई, सम्बन्ध विच्छेद) विवरण डिजिटाइजेसन (अनलाइन) माध्यम प्रक्रियाबाट नेपालभरि हरेक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा विस्तार रूपमा कार्य भइरहेको छ। जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन नियामावली, २०३४ को अनुसार हरेक वर्ष वैशाख १ गते देखि “आफ्नो वडा वा पायक पर्ने दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता गरौँ ” मुल नारा सहित अभियान सञ्चालन भएको छ।

हाल देशभरी अनलाइन सुचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने जम्मा वडा ६ हजार सात सय ४३ वटा वडा कार्यालय रहेको छन् जसमध्ये स्थानीय तहमा अनलाइन सुचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने ४ हजार ५ सय ५८ वटा वडामा मात्र दर्ता विवरण कार्य हुदैछ। हालसम्म देशभरि अनलाइन जन्मदर्ता संख्या – १०६६२६४, अनलाइन बसाईसराई दर्ता संख्या – २४०७३१, अनलाइन विवाह दर्ता संख्या – ४१६८५९, अनलाइन सम्बन्ध विच्छेद दर्ता संख्या – १२५७७, अनलाइन मुत्यु दर्ता संख्या – २६४२३९, रहेको राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको वेबसाइट https://donidcr.gov.np बाट जानकारी प्राप्त भएको छ।

नेपालमा ७७ वटै जिल्लामा अनलाइन सुचना प्रणालीबाट व्यक्तिगत विवरण कार्य हुदैं जसमध्ये सिरहा जिल्लामा सिरहा नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, बिष्णुपुर गाउँपालिका, सुखिपुर नगरपालिका, कर्जनहा नगरपालिका, बरियारपट्टी गाउँपालिका, नरहा गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका आदिमा कुनैपनि अनलाइन दर्ता विवरण भएको छैन। अनलाइन सुचना प्रणालीबाट व्यक्तिगत दर्ता गर्ने सिरहा जिल्ला भित्र लहान नगरपालिकामा – ४६, धनगढी नगरपालिका – ४६, भगवानपुर गाउँपालिका – २, लक्ष्मीपतारी – १, अर्नमा गाउँपालिका – १, दर्ता विवरण संख्या रहेको छ।

नेपाल सरकारको मिति २०७१।६।३० को निर्णयानुसार केन्द्रीय पञ्जीकरण विभागको गठन भएको हो । जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ सराइ जस्ता व्यक्तिगत घटनाहरुको दर्ता व्यवस्थापन एवं नियन्त्रण र सामाजिक सुरक्षा कार्यक्रमको सञ्चालन व्यवस्थापनको प्रमुख जिम्मेवारी रहेको यो विभाग वि.सं. २०७१ साल चैत ११ गते बाट संचालन भएको हो ।
जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को कार्यान्वयन वि. सं. २०३४ वैशाख १ बाट प्रारम्भ हुँदा तत्कालिन गृह पञ्चायत मन्त्रालय अन्र्तगत विभाग स्तरको छुट्टै कार्यालयको रुपमा पञ्जीकाधिकारी (रजिष्ट्रार) को कार्यालयको संस्थागत व्यवस्था भई पञ्जीकरण सम्वन्धी कामको नेपालमा विधिवत शुरुवात भएको हो।

पञ्जिकरणको कार्यलाई व्यवस्थित बनाउनुका साथै समाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई सरल एवं प्रभावकारी बनाउने तर्फ राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको कृयाशिल र महत्त्वपूर्ण भुमिका रहेको छ।

                               

प्रतिक्रिया