समाजसेवी यादवद्वारा मन्दिरलाई मूर्ति दान


  • विनय यादव

सिरहाको विष्णुपुर गाउँपालिका-४ स्थित थल्हा बथान टोलमा अवस्थित एक मन्दिरलाई एक स्थानीय समाजसेवीले मूर्ति प्रदान गरेका छन् ।

बथान टोलस्थित शिव मन्दिरमा स्थानीय समाजसेवी रामखेलावन यादवले झण्डै ५० हजार बराबरको मूर्ति खरिद गरेर दान गरेका हुन् । मन्दिरमा भगवान गणेश र बसहा गोरुको मूर्ति प्रदान गरेको यादवले बताए ।

मन्दिरलाई मूर्ति दान गर्न पाएकोमा खुशी व्यक्त गर्दै यादवले मन्दिरसँगै यस क्षेत्रलाई आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

                               

प्रतिक्रिया