चिट चोरी गराउने गिरोह जनकपुरमा पक्राउ


  • thebuddhaexpress

जनकपुर, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयबाट मिति २०७७।१२।०५ गते देखि संचालन भएको डिप्लोमा तहको समेष्टर र प्रि-डिप्लोमा तहका वार्षिक परीक्षालाई मर्यादित एवं शान्ति पुर्ण ढंगले संचालन गर्नका लागि अनुगमनमा खटिगएको अनुगमन समितिको टोलीले बिहान ०७:०० बजे देखि १०:०० बजे सम्म संचालित विभिन्न केन्द्रहरूको परीक्षामा संस्थागत रूपमा तयार गरिएका केहि सानो साईजका फोटोकपी बुकलेटहरू फेला पारेकोमा सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान गर्दा आज मिति २०७७/१२/०६ गते १२:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ४ स्थित भैरवचोक र मुरलि चोक एरियामा CTEVT पाठ्यक्रम अन्तर्गतका पुस्तकहरुलाई फोटोकपी गरी सानो चिटको साईजमा बनाई बिक्री वितरण गरी CTEVT को परीक्षालाई अमर्यादित बनाउन सहयोग गर्ने निम्न ५ जनालाई २ थान ल्यापटप, १ थान मोवाईल र सानो चिट साईजको फोटोकपी बुकहरू ५ बोरा सहित नियन्त्रणमा लिई शिक्षा ऐन २०२८ को दफा १७ को १ (च) बमोजिमको कसुरमा ५ दिन म्यादथप गरी अनुसन्धान कार्य भई रहेको छ ।
पक्राउ परेका विवरण:

  1. जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका ३ बस्ने अं.वर्ष ३१ को रोहित गुप्ता ।
  2. ऐ.ऐ. बस्ने वर्ष ५० को मनोज कुमार श्रेष्ठ ।
  3. ऐ.ऐ. ५ बस्ने वर्ष ३७ को बिजय कुमार साह ।
  4. ऐ.ऐ. ४ बस्ने वर्ष ६२ को जय कुमार साह ।
  5. ऐ.ऐ.बस्ने वर्ष ३२ को कौशल किशोर साह ।

                               

प्रतिक्रिया