समाजिक अभियन्ता साहले गरे आदर्श विवाह


  • बुद्ध एक्सप्रेस

समाजिक अभियान्ता पृथ्वीनारायण साह (पिएन साह ) ले आदर्श विवाह गरेका छ्न ।

तराई÷मधेसमा दाईजो तथा तिलक लेनदेन गरेर विवाह गर्ने चलन धेरै पहिले देखी चल्दै आइरहेको छ । सामान्य काराबार हुने मध्य वर्गीय परिवारको छोराको बिहेमा ५÷७ लाख तिलक लिनुु प्रायः सामान्य मानिन्छ ।

तर आर्थिक रुपले सबल रहेका मधेसका समाजिक अभियानता साहले एक रुपैया पनि तिलक नलिइ उदाहरणिय बिबाह गरेका हुन ।

महोत्तरीको औरही नगरपालिका– २ का पृथ्वीनारायण साहले सर्लाही ईश्वरपुर नगरपालिका–६ बलयवासकी प्रकृति कुमारी साहसंग गत सोमबार आदर्श विवाह गरेका छन् । “तराई मधेसमा बढदै गइरहेको दाइजो पर्था लाई केहि हदसम्म कम गर्न सकिन्छ कि ” सोचेर आफुले आदर्श विबाह गर्ने निर्णय गरेको साह ले भने ।

तराई मधेस राष्ट्रिय परिषद (TMNC ) का सद्स्य समेत रहेका साहको विवाह समारोहमा परिषदका संयोजक बिकास ठाकुर,पुर्ब संयोजक सिएन थारु ,संगठन बिभाग प्रमुख सरोज राय ,अगुवा सद्स्य कासिन्द्र यादव ,जनमत पार्टी बोदेबर्साइन नगरपालिका को नगर संयोजक आलोक सागर को उपस्तिथि रहेको थियो ।

                               

प्रतिक्रिया