अमेजनका जेफ बेजोसलाई पछि पार्दै फ्रान्सका बर्नाड आरनौउल्ट बने विश्वको सबैभन्दा धनी व्यक्ति


  • सुरज सिंह

अमेजनका जेफ बेजोसलाई पछि पार्दै फ्रान्स फैसन टाइकुन “बर्नाड आरनौउल्ट” विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

Forbes Real-Time Billionaires List का अनुसार गत सोमबार बिहान उनको कम्पनी LVMH(Louis Vuitton Moët Hennessy) को सेयर मूल्य बढेसँगै उनको कुल सम्पत्ति १८६.३ बिलियन डलर पुगेकोले उनलाई विश्वकै सबैभन्दा धनी व्यक्ति बनाएको हो ।

ऊनी LVMH नामक कम्पनीका CEO हुन् । जुन बिलासिताका सामान उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । रिपोर्टका अनुसार सन् २०२० मार्चमा ७२ बर्षे LVMH का सिइयो “बर्नाड आरनौउल्ट” को कुल सम्पत्ति ७६ बिलियन डलर मात्रै रहेको थियो।महामारीमा १४ महिनामा ११० बिलियन डलर बढेर आजको समयमा कुल सम्पत्ति १८६.३ मिलियन डलर पुगेको हो।

उनको कम्पनी लगजरी LVMH Group ले उत्कृष्ट प्रदर्शन गरी बिशाल मात्रामा ११० मिलियन डलर सेयर मूल्य वृद्धि भएको छ। आरनौउल्टको कम्पनी LVMHको मार्केट भ्याल्यु ६०० बिलियन डलर भन्दामाथि पुगेको छ । फेन्दी(Fendi), Christian Dior, Givenchy र rose मुख्य फैसन Brand LVMH कम्पनीले उत्पादन गरी पहिलो घण्टामै गत सोमबार सेयर मूल्य ३२० विलियन डलर बाट ६०० विलियन डलरभन्दा बढी पुगेको हो। यसअघि सन् २०२० जनवरीमा टेसलाको सिइयो इलोन मस्क विश्वको सबैभन्दा धनी ब्यक्ति भएको थियो।उनको अहिलेको कुल सम्पत्ति औसत १४७.३ बिलियन डलर रहेको छ। अमेजनका सन्चालक जेफ बेजोसको कुल सम्पत्ति औसत १८६ मिलियन डलर रहेको छ।

                               

प्रतिक्रिया