जनकपुर आत्महत्या प्रकरणमा प्रेम फ्याक्टर कारक हुनसक्ने संका गरिन थालिएको छ ।
जनकपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थीत रहेको नमस्कार होटेलमा हिजो (सनिबार) बेलुका अन्दाजी ३५ बर्षकि एक महिला घांटीमा पासो लगाएर झुण्डीएको अवस्थामा फेला परिन ।
होटलको प्रवेश रजिस्टरमा महोतरी जिल्ला जलेश्वर नगरपालिका वडा न. २ र नाम समीक्षा पोखरेल पाण्डे लेखाएकि उनको वास्तविक नाम सरमिस्टा पोखरेल , घर भारतको आसाम राज्यमा र ससुराली उदयपुर जिल्लामा र प्रचलित नाम “वबी” रहेको श्रोतले जानकारी दिए ।
विश्वस्त स्रोतका अनुशार मृतक युवती जनकपुर स्थीत एक जना २७ बर्षे डाकटर संग विगत लामो समय देखि प्रेम समबन्धमा रहदै आएको थियो र निकट भविष्यमा विवाह गर्ने वाचा गर्दै युवा ति युवती संग लिविंग रिलेशनशिपमा बस्दै आइरहेको थियो । तर पछिलो समय आफु बिवाह गर्न नसकिने भन्दै युवा सम्पर्क विहिन भएका थिए |
काठमाडौँमा नयवानेश्वरको पंचेश्वरी स्थीत गर्ल्स होस्टेल संचालन गरेर व्यवसाय गर्दै आएकी पोखरेल दुइ बच्चा कि आमा समेत रहेकी थिइन र केहि बर्ष यता आफ्नो श्रीमान संग सम्बन्ध राम्रो नरहेको कारण काठमाडौँमा एक्लै बस्दै आइरहेकि थिइन ।
श्रोत अनुशार ति महिला करिब एक महिना पहिले जनकपुर गएकि थिइन र महोत्तरी स्थीत जलेश्वरमा एक जना समाजसेविको घरमा बसी ति युवा लाइ खोज्दिन विभिन्न निकाइ र व्यक्तिहरु लाइ गुहार गर्दै आइरहेकि थिइन । होटेलको रजिस्टरमा आफ्नो नामको पछाडी ‘पाण्डे’ किन लेखाइन यो प्रहरीको अनुसन्धान अगाडी बढ्यो भन्ने पकै खुल्नेछ ।