भारतमा तिन मजदुरको रहस्यमय मृत्यु, बिस जना अझ बन्धक! अभियन्ता सरोज रायको रिपोर्ट


  • thebuddhaexpress

नेपालका बीस जना मजदुर भारतमा महिनौ देखि वन्धकी जिवन विताउन वाध्य रहेको घटना वाहिरिएको छ । भारतको उत्तरप्रदेश स्थित फिरोजावाद जिल्लाको सिरसागंज स्थित दुई कोल्ड स्टोरमा कार्यरत सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ कामत मुसहरी टोलका तीन युवा मजदुरको शंकास्पद मृत्यु भएको छ भने बिस युवालाई बन्धक अवस्थामा राखिएको छ ।

करिव ६ देखि ९ महिना अगाडी आफनै गाउँको दलाल माफर्त काम गर्नका लागि भारतको उत्तर प्रदेश पुगेका करिव तिस जना मजदुर मध्य तीनजनाको शंकास्पद मृत्यु भईसकेका छन्, ६ जना मजदुर शिकिस्त विमार भएपछि उनीहरु घर फिर्ता आउन सफल भएका छन् तर अहिले पनि बीसजना मजदुरलाई घर फर्कन दिएको छैन । घर फिर्ता आएका मजदुरको अनुसार कम्पनीले अहिले सम्म काम गरेको पुरा तलव दिएको छैन भने चियामा नशालु टेवलेट मिलाएर काम गराउने गरेका छन् । भारतमा फंसेका आफना आफन्तजनलाई फिर्ता ल्याईदिनका लागि पिडीत परिवारले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिदा पनि प्रहरी प्रशासनले यो समस्या भारतको हो भनेर टारदै आएको पिडीत परिवारले आरोप लगाएको छ ।

प्रहरी प्रशासनले टेरपुच्छर नलाए पछि पिडित परिवारले सामाजिक अभियन्ता सरोज रायलाई सहयोगको लागि आग्रह गरेपछि अभियन्ता राय गत शनिवार गाउँ पुगेर विस्तृतमा जानकारी लिएका छन् । यस घटना वारे घर फर्केका मजदुर र पिडित परिवारसंग गरेको कुराकानीको विडियो अभियन्ता राय आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन् जसमा नशाको ट्याब्लेट दिएर काम गराउने गरेको तथ्य बाहिरिएको छ ।

घर परिवारको दुइ छाक चलाउन सर्लार्हीको चन्द्रपुर गाउपालिका वार्ड नं ६ का माझी समुदायलाई मजदुरी गर्नु वाहेक अर्को कुनै उपाय नरहेको र सोही बाध्यतालाई भजाउनका लागि गाउकै ठेकेदारी गर्ने दलालहरु लक्ष्मण राउत, लक्ष्मी राउत, इन्द्रजीत राउत, इन्दल राउत र सुनिल राउतले गाउका तीस जना माझीहरुलाई मजदुरीका लागि भारत उत्तर प्रदेश फिरोजावाद जिल्ला सिरसागंज शहर स्थित ओराओ रोडमा रहेका मलेश्वर कोल्ड स्टोरमा काम लगाए ।

मलेश्वर कोल्ड स्टोरमा काम सकिएपछि उनिहरुलाई त्यहि रहेको परछाइया कोल्ड स्टोरमा सारिएको छ । बन्दी जस्तै जिवन विताउन वाध्य उनिहरुलाई वढि भन्दा बढि काम गराउनका लागि चियामा नशालु पर्दाथ (शक्तिवद्र्धक औषधी) खुवाएर बढि भन्दा बढि काम गराउदै आएको वताइएको छ ।

त्यति मात्र नभएर विहान ६ बजे देखि आलुको वोरा ढुवानी गराउने सो स्टोरमा विहान नशालु चिया , १२ बजे खाना र साझ ४ बजे रक्सी खुवाएर रातभरि जनावर जस्तो काम गराउदै आएको त्यहाबाट फर्किन सफल पिडीत प्रमोद माझिले वताए । मजुदरहरुलाई विषालु मदिरा सेवन गराएर काम गराउदा विषाक्त मदिराकै कारण तीनजनाको मृत्यु भइसकेको र ६ जनाको अवस्था गम्भीर भएपछि उनिहरुलाई नेपाल फर्काएको थियो ।

विशाक्त मदिराबाट इश्वरपुर नगरपालिका वार्ड नं ३ भक्तिपुरका सुमन भुजेल,चन्द्रनगर गाउपालिका वार्ड नं ६ का जगदिस माझी र सोहि ठाउका नन्दलाल माझीको मृत्यु भएको थियो भने सोहि ठाउकै मन्जय माझी, संजीब माझी, सरोज माझी, अजय माझी, सुकील माझी र विश्वनाथ माझीको अवस्था गम्भीर भएपछि उनीहरुलाई नेपाल फर्काइएको थियो ।

यता अझै त्यंहा फसेका मजदुरहरुलाई मलेश्वर कोल्ड स्टोरका संचालक गव्वु यादव,माधव यादव र परछाइया कोल्ड स्टोरका संचालक रवि गुप्ताले कोल्ड स्टोर भित्र राख्ने र बाहिरबाट केहि मगाउनु परे पनि उनिहरुले नै ल्याइदिने गरेको पिडीत प्रमोद माझीले वताए ।

भारतको सो ठाउमा आलुको प्रति वोरा मजदुरी १३ रुपैया तोकिएको छ तर ठेकेदारले अढाई रुपैया दिने गरेको छ त्यसमा पनि मुन्सिफले पनि कमीसन खाने गरेको पिडीतको भनाई छ । अति नै आवश्यक परेको खण्डमा दुइहजार पनि माग गर्दा ६ हजारको पुर्जीमा हस्ताक्षर गराउने गरेको वताए ।

यता लकडाउनको समय देखि उनिहरुले तलव समेत पाउन नसकेको वताइएको छ । उनीहरुका अनुसार न घर फर्किन दिन नत पैसा नै दिन्छ । यता यस घटनाको विषयमा समाजीक अभियन्ता सरोज रायले मानव तस्करीको प्रमाण सहितको घटना रहदा पनि प्रहरी निन्द्रा अझ नखुलेको उनले टिप्पणी गरेका छन । उनले भने, पिडीत परिवार न्याय मांगन सर्लाही जिल्ला प्रहरी अगाडी हप्तो देखी धर्नामा बसेका छन् तर प्रहरीले भारतको घटना भनेर टारी रहेका छन् ।

मुलकी अपराध संहिता २०७४ मा ‘संहिताको बहुक्षेत्रीय प्रयोग सम्बन्धित ऐन स्पष्ट रहदा पनि प्रहरी प्रशासनले ध्यान नदिनु कानुनी राज्यको उपहास रहेको अभियन्ता रायले वताए । उनले बन्धकीमा परेका मजदुरहरुलाई रिहाई गराउनका लागि आफुले पहल सुरु गरेको र उनको रिहाइका लागि आफु यूपी पुग्ने समेत वताएका छन ।

विडियो हेर्न यंहा क्लिक गर्नुस:

                               

प्रतिक्रिया