महोत्तरीमा सडकमै धान रोपेर गरे जनप्रतिनिधिको विरोध


  • thebuddhaexpress

महोत्तरी । जनप्रतिनिधिले सडक बनाउन चाँसो नलिएको भन्दै महोत्तरीको बलबा नगरपालिकाका युवाहरूले सडकमै धान रोपेर विरोध गरेका छन् ।

बलबा नगरपालिका ८ स्थित हनुमान चोकदेखि हिरदुवा जाने सडकखण्डमा युवाहरूले धान रोपेका हुन् । करोडौं करोडको बजेट चलाउने स्थानीय तहले सडकसम्म बनाउन ध्यान नदिएपछि बाध्य भएर विरोध स्वरुप सडकमै धान रोपेको स्थानीय सरोज पासवानले बताए ।

बलबा नगरपालिका प्रमुख विनोद कुमार यादव र वडाध्यक्ष दिनेश कुमार यादवलाई सडक बनाउन पटकपटक आग्रह गरेपनि बेवास्ता गरेको उनीहरूको आरोप छ । बाटो नबन्दा स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।

स्थानीय जनप्रतिनिधिको प्राथमिकता कमिसन आउने काममा मात्रै देखिएको पनि स्थानीयहरुले आरोप लगाएका छन् । ‘जनप्रतिनिधिको ध्यान बढी कमिसन आउने काममा छ,’ स्थानीय युवा सुशील पासवानले भने, ‘यो सडकमा त त्यति कमिसन आउँदैन होला, त्यसैले उनीहरूले वास्ता गरेका छैनन् ।’

स्थानीय युवा सरोज पासवानसहित सुशील पासवान, सरोज पासवान, सुरज पासवान लगायतका युवाहरुले सडकमै रोपेका थिए ।

                               

प्रतिक्रिया