TMNC को पहलमा भारतबाट लहानको बालक उद्धार


  • thebuddhaexpress

शुक्रवार, चैत्र २५, लहान । पांच महिना देखि सिरहा जिल्ला लहानबाट हराई रहेका बालकलाई शुक्रवार भारत विहारको मधुवनीबाट सकुशल उद्धार गरि परिवारज्न्यको जिम्मा लगाइएको छ ।

लहान नगरपालिका वडा न. ५ निवासी धनीलाल पासवान र बनारसी देवी पासवानको १३ वर्षीय छोरा महादेव पासवान घरबाट भागेर भारतको जयनगर हुँदै मधुवनी पुगेका थिए । रेल्वे स्टेशनमा रोई कराई रहेको अवस्थामा भारतीय प्रहरीले बालकल्याण समिति, मधुवनीको जिम्मा लगाएका थिए । पांच महिना देखि महादेव पासवानलाई मधुवनी स्थित बालगृहमा राखिएको थियो ।

तराई मधेश राष्ट्रिय परिषद (TMNC) को सदस्य राम सुफल सदाय (सुफल रमण) ले मधुवनीको बालकल्याण समितिसंग समन्वय गरि बालकलाई नेपाल फिर्ता ल्याएको हो । ईलाका प्रहरी लहानमा प्रहरीको रोहवरमा महादेव पासवानलाई आमाबुवाको जिम्मा लगाइएको छ ।

                               

प्रतिक्रिया